शुक्रबार, चैत १६, २०८०

मधेस प्रदेशमा कांग्रेस अगाडि

नेपालखोज २०७९ मंसिर ८ गते १६:३०

मधेस प्रदेशका ६४ प्रदेशसभा क्षेत्रमध्ये अहिलेसम्म आधा जसोको परिणाम सार्वजनिक भैसकेको छ जस अनुसार नेपाली कांग्रेस ठूलो दल बन्ने तर्फ अग्रसर छ । मधेस प्रदेशमा कांग्रेस ८ सीट जितेर सबैभन्दा बढि सिट जित्नेमा छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५, जनमतले ४, माओवादी तथा जसपाले ३/३ र स्वतन्त्रले २ सीट जितेका छन । यसैगरि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले १/१ सीटमा कब्जा जमाएका छन् ।

अहिलेसम्म को कहाँ विजयी ?

नेपाली कांग्रेस

रामसरोज यादव, धनुषा ३ (१)
जनार्दन सिंह क्षेत्री, पर्सा ३ (२)
मोहम्मद समिम, सप्तरी ३ (१)
वीरेन्द्रप्रसाद सिंह, सर्लाही ४ (१)
श्यामप्रसाद पटेल, पर्सा २ (१)
नागेन्द्र साह, सर्लाही १ (१)
कृष्णप्रसाद यादव, सर्लाही १ (२)
शंकरप्रसाद चौधरी, पर्सा ४ (१)

लोसपा नेपाल

जीतेन्द्र सोनल, बारा २ (२)
अभिराम शर्मा, महोत्तरी ३ (१)
उपेन्द्र महतो, सर्लाही १ (१)
रानीकुमारी तिवारी, महोत्तरी ३ (२)
रमेशप्रसाद कुर्मी, पर्सा २ (२)

जनमत पार्टी

सतिशकुमार सिंह, सप्तरी २ (१)
शम्भुकुमार साह, सप्तरी ३ (२)
महेशप्रसाद यादव, सप्तरी २ (२)
त्रिभुवन साह, सिरहा ४ (१)

माओवादी केन्द्र

फकिरा महतो, सर्लाही ४ (२)
युवराज भट्टराई, रौतहट ४ (१)
रहवर अन्सारी, पर्सा १ (२)

जसपा

लालबाबु राउत, पर्सा १ (२)
सञ्जयकुमार यादव, सर्लाही ३ (२)
शेख अबुलकलाम आजाद, रौतहट ४ (२)

स्वतन्त्र

प्रमोदकुमार जयसवाल, पर्सा ३ (१)
केशव राय, रौतहट ३ (१)

नेकपा एस

वेची लुङ्गेली, सर्लाही १ (२)

नेकपा एमाले

देवनारायण थारु, बारा ४ (१)

प्रतिक्रिया