धोबिखोला करिडोर क्षेत्रमा अतिक्रमण गरे कारबाही गर्ने

नेपालखोज २०७८ माघ १९ गते १८:५०

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् । सडक अतिक्रमण नगर्न पटक(पटक सचेत गराउँदा पनि नमाने पछि आज मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् ।

सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सीसमेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो । मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताइन् ।

अव पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने उनले बताइन् । उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरुलाई अव कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ ।

मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइन् । मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।

प्रतिक्रिया