आइतबार, जेठ ६, २०८१

काबुलमा नियमित विद्युत् आपूर्तिमा समस्या, ५८० भन्दा बढी कम्पनी बन्द हुने अवस्थामा

नेपालखोज २०७८ माघ २० गते ६:४८

अफगानिस्तान । नियमित विद्यूत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, ‘उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ ।’

राजधानी सहर काबुलमा विद्यूतको अभाव भएको गुनासोबीच मध्य एसियाली राज्यहरू उज्वेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत प्रसारण रोकिएको टोलो न्यूजले बतायो । सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो ।

छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिए । यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो । जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो ।

जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा निर्यात विद्यूतलाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ । रासस/एएनआई

प्रतिक्रिया