पशुपति क्षेत्र विकास कोषद्वारा अव्यवस्थित टहरा हटाउन निर्देशन
नेपालखोज
२०७८ माघ २० गते ८:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउने जनाएकाे हाे ।
विकास कोष एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ ।
पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषले जनाएको छ । १५ दिनभित्र अव्यवस्थित टहरा खाली गरी हट्न र सामानहरू हटाउन सूचनामा भनिएको छ ।
सम्बन्धित

प्रतिक्रिया