सुन ताेलामा ५ सय रूपैयाँले बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७८ माघ २० गते १०:४०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी १२ सय ५५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधबार १२ सय ५५ रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया