बिहीबार, वैशाख २०, २०८१

मोरिसियसको राष्ट्रिय फुटबल टोलीलाई सम्मान

नेपालखोज २०७८ माघ २० गते ११:११
PIC : ANFA

काठमाडौं । नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई सम्मान गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले सम्मान गरे ।

कार्कीले प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए । अखिल नेपाल फुलबल महासंघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार हुने अपेक्षा व्यक्त गरे ।

काउन्सिलका अध्यक्ष बटु लामिछानेले खेलका साथै व्यावसायका क्षेत्रमा पनि आगामी दिनमा दुई देशबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया