काँकरभिट्टाकाे एसएस फुटवेयरमा आगलागी, दमकल अझै आइपुगेन
नेपालखोज
२०७८ माघ २० गते १२:३२

काठमाडौं । झापाको काँकरभिट्टा क्षेत्रमा भिषण आगलागी भएको छ । काँकरभिट्टा क्षेत्रमा रहेको एक जुत्ता फ्याक्ट्री एसएस फुटवेयर मा आगलागी भएको हो ।
भिषण आगलागी भइरहेपनि नगरपालिकाको दमकल भने अझै नपुगेको बताइएको छ । मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले पुग्न नसकेको हो । विर्तामोड र भद्रपुरको दमकल भने गन्तव्यतर्फ रहेको बताइएको छ ।
फ्याक्ट्रीमा ठूलो मात्रामा तेलका ट्याङकरहरु रहेकाले आगलागीबाट ठूलो क्षती हुन सक्ने स्थानीयले बताइरहेका छन् । आगलागीका कारण अहिले काँकरभिट्टा क्षेत्रको आकाश नै कालो भएको छ ।
अहिले सुरक्षाकर्मीहरुसँगै स्थानीय नागरिकहरुले घट्नास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरु बाहिर निकालिरहेका छन् । आगलागी भइरहेकाले कति क्षति भएको तथ्यांक भने छैन् । आगलागीका कारण ठूलो क्षति हुने पूर्वानुमान छ ।
सम्बन्धित
प्रतिक्रिया