रुस र युक्रेनबीचको सम्भावित युद्ध खारेज गर्न शान्ति समाजको प्रदर्शन

काठमाडौं । रुस र युक्रेनबीचकोे तनाव अन्त्य गर्न तथा युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले रुपन्देही जिल्ला बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । उनले प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरे । युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ, लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु सहभागि थिए । उनीहरुले कुनैपनि देशमा युद्ध हुनु मानव सभ्यताका लागि गम्भिर चुनौती बन्न सक्ने बताए । उनीहरुले युद्धको माध्यमबाट होइन संवादको माध्यमबाट संसार जित्न सकिने धारणा राखे ।

प्रतिक्रिया