मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकले माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

नेपालखोज २०७८ माघ २० गते १७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग कारोबारको विवरण माग गरेको छ । राष्ट्र बैकको बैंक सुपरीवेक्षण विभागले सबै वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै सात लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार विवरण विभागमा पठाउन लिखितरुपमा निर्देशन दिएको हो ।

बैक सुरपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको र सोही प्रयोजनको लागि जिवरण माग गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया