चौबीस घण्टामा ८, ७२३ जना डिस्चार्ज, ३,१७५ नयाँ संक्रमित थपिए

नेपालखोज २०७८ माघ २० गते १७:३०

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुने दर घट्दै गएको छ । हाल संक्रमण भन्दा निको भइ डिस्चार्ज हुनेकोे संख्या बढेको छ । गत चौबीस घण्टामा ८ हजार ७२३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेकोे कुल संख्या ८ लाख ८७ हजार ४४३ पुगेका छ । नेपालमा हाल कोरोना संक्रमण मुक्त हुनेदर ९२ दशमलव २ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ हजार १७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४३३ जना गरि कुल ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७७८ पुगेको छ ।

प्रतिक्रिया