नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की

नेपालखोज २०७८ माघ २१ गते ६:४५

काठमाडाैं । सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया