भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दो
संक्रमण दर भने कम
नेपालखोज
२०७८ माघ २१ गते ९:४५

नयाँ दिल्ली । भारतमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने कमी आउन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७२ जनाको मृत्यु भएको छ । बुधबार भने १ हजार ८ संक्रमितको मृत्यु भएको थियो ।
बुधबारभन्दा बिहीबार २५ हजार २ सय ३१ नयाँ संक्रमित कम भेटिएका छन् । तर संक्रमित कम भए पनि मृतकको संख्या भने दैनिक बढ्दै गएको छ । आजभोलि भारतमा १४ लाख २७ हजार सक्रिय कोराना संक्रमित रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया