हिमपातपछि रोकिए सवारीसाधन : हिउँ पन्छाउँदै सेना, खुसी साट्दै पर्यटक (फोटो फिचर)

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् ।
जुम्लामा भारी हिमपात भएको छ । जुम्लाबाट चल्ने लामो दूरीका सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन् । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ ।
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोली पन्छाउँदै छन् । उप–सेनानी बालाराम बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको टोलीले हिउँ पन्छाएर सवारी आवागमन सञ्चालनमा ल्याएको हो ।
म्याग्दीको रघुगङा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा पनि भारी हिमपात भएको छ । हिउँ परेपछि रमाउँदै आन्तरिक पर्यटक ।
चन्द्रागिरिमा पनि भारी हिमपात भएपछि पर्यटकले एकअर्कासँग खुसी साट्दै हिउँमा रमाएका छन् । चन्द्रगिरिमा हिउँसँग खेल्न सयौं पर्यटक पुगेका छन् ।

तस्वीर : विजय रावत / रासस

तस्वीर : विनोदसिंह विष्ट / रासस

तस्वीर : कमल खत्री / रासस






प्रतिक्रिया