हावाहुरीले इलामको रोङ्गमा टेलिकम टावर भाँचियो (फाेटाेफिचर)
नेपालखोज
२०७८ माघ २१ गते १२:३०

इलाम । हावाहुरीले इलाममा रहेको नेपाल टेलिकमको टावर भाँचिएको छ । इलाम जिल्लाको रोङ्ग–४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर शुक्रबार चलेको हावाहुरीले भाँचेर लडाएको हो ।
मोबाइलको टावरमा क्षति पुगेपछि नेपाल टेलिकमका मोबाइलमा नेटवर्क समस्या आएको छ । त्यसका साथै हावाहुरीका कारण शुक्रबार बिहानैदेखि उक्त क्षेत्रमा विद्युत पनि अवरोध भएको स्थानीय गणेश अर्यालले बताए ।






– पर्शुराम बराल, तस्बिर : गणेश अर्याल
सम्बन्धित
प्रतिक्रिया