राष्ट्र बैंकद्वारा गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभाग गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभाग गठन गरेको छ । माघ १३ गते बसेको राष्ट्र बैंक बोर्ड बैठकले गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभाग स्थापना गरेको हाे ।
बोर्ड बैठकले विदेशी बिनिमय कारोवार गर्न इजाजत प्राप्त संस्थाहरु, हायर पर्चेज कारोवार गर्ने कम्पनीहरु, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, राष्ट्रिय सहकारी बैंकको निरीक्षण सुपरीवेक्षण र अनुगमन लगायतका सुपरीवेक्षकीय कार्यहरु सम्पादन गर्ने कार्यदिशा सहित वि.स २०७८ फागुन एक गतेदेखि कार्यान्वयनमा आउने गरी गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभाग स्थापना गरेको हो । यसैगरी राष्ट्र बैंकले यही फागुन एक गतेदेखि नै कार्यान्वयनमा आउने गरी बिकास बैंक सुपरीवेक्षण विभाग र वित्त कम्पनी सुपरीवेक्षण बिभागलाई एकीकृत गरी नयाँ विभागको रुपमा वित्तीय संस्था सुपरीवेक्षण बिभाग स्थापना गरिएको जानकारी दिएको छ ।


प्रतिक्रिया