शनिबार, वैशाख १३, २०८२

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेसन

नेपालखोज २०७८ माघ २१ गते १५:५३

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन विस्तार गर्ने भएको छ । कम्पनीले नेपालको सबै स्थानलाई समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको छ । हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दे आएको हो । नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकाले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो ।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकाले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख सहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक कम्पनी हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउँदै विश्वका करौडौं ग्राहकहरुको मन जीत्न सफल भएको छ ।

प्रतिक्रिया