शुक्रबार, असार १३, २०८२

चौबीस घण्टामा ८,४२५ जना डिस्चार्ज, २,५२६ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ माघ २१ गते १६:१८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ८ हजार ४२५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९२ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यस्तैै, नेपालमा गत चौबीस घण्टामा २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हाल ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ७९४ पुगेको छ ।

प्रतिक्रिया