चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक (फोटो फिचर)
नेपालखोज
२०७८ माघ २१ गते २०:०५

काठमाडौं । चन्द्रागिरि डाँडामा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।
हिउँ परेपछि चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका छन्। पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।










तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया