शनिबार, जेठ ५, २०८१

थाहा हुने छैन

प्रकाशचन्द्र लोहनी २०७८ माघ २२ गते ७:०७

आयो आयो
तरकारी आयो
आलु र प्याज बिहान
प्याज र आलु बेलुका
एउटा नुन चर्को खान नमिल्ने
अर्को अलिनो स्वादै नलाग्ने
इनको काम सबलाई छकाउने

भाषनमा सबै सपार्ने
व्यवहारमा देश बिगार्ने
लोकतन्त्रको अवरणमा
आफ्नो दुनो निरन्तर सोझाउने

यी शोषक भ्रष्टहरुले
पर्दाभित्र बसेर
तपाईंको गास लुटेका छन्
हुल का हुल आएका छन्
अग्रगमनको साइकल चढेर
गौंडा गौंडामा जमेका छन्

केही वर्ष अझ कुर्ने हो भने
हिमाल कालो हुन बेर लाग्ने छैन
चुरेको पहाड मरुभूमि भए आश्चर्य हुने छैन
अनि
यस्तै हो भने
तपाईंको पहिचान निर्यात हुन थाले
तपाईंलाई थाहा हुने छैन ।

प्रतिक्रिया