बिहीबार, वैशाख १३, २०८१

अष्ट्रेलियामा ‘गजल मुशायरा २०२२’ सम्पन्न

नेपालखोज २०७९ असोज १३ गते १२:०५

ब्रिसबेन । गजल मुशायरा परिवारले मोती जयन्तीको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको गजल वाचन, गायन र नृत्यको एउटा सम्पूर्ण कार्यक्रम गजल मुशायरा अष्ट्रेलियाको ब्रिसबेनमा गत सम्पन्न भएको छ ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले प्रस्तुत गरेको गजल मुशायराको यो बाह्रौ संस्करणमा अष्ट्रेलियाभरिबाट आएका तेइस जना गजलकारहरुले -आफ्ना गजल वाचन गरेका थिए भने, नेपाल आईडल सिजन दुईका उपबिजेता बिक्रम बरालको विशेष प्रस्तुतिका साथै चेतन सापकोटाले गजल गायन प्रस्तुत गरेका थिए ।

यसैगरी एलिना न्यौपाने र जमुना सुवेदीले गजल नृत्य समेत प्रस्तुत भएको कार्यक्रमको संयोजन डा. केशव शर्माले गरेका थिए । गजल मुशायरा परिवारले सन २०१४ देखि अष्ट्रेलियाको सिड्नीबाट सुरु गरेको यो कार्यक्रम हालसम्म अष्ट्रेलियाको विभिन्न सहर र अष्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी बाह्र वटा सफल संस्करणहरु प्रस्तुत भैसकेको यो अभियानका संस्थापक एवम् संयोजक जितेन्द्र मल्ल बताउँछन् । यस पटकको कार्यक्रमको सह आयोजकको रुपमा अनेसास ब्रिसबेन च्याप्टर र सहयोगीको रुपमा गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया रहेको थियो ।

गजल मुशायराको पछिल्लो संस्करणमा ब्रिसबेनबाट डा. केशव शर्मा, राजेश्वरी रेग्मी आचार्य, लक्ष्मी खड्का, सफल घिमिरे, हरिराज अधिकारी, शिशिर सिंखडा, बिक्रम तिमल्सिना, कृष्ण सर्मपण, वसन्त सुवेदी, त्यसैगरी सिड्नीवाट अशोक शर्मा, उत्सव आर सी, ओमराज अधिकारी, जितेन्द्र मल्ल, आदर्श खत्री, शिवजी भण्डारी, सिर्जना थापा, तास्मानियाबाट ईश्वर पौडेल, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी, कल्याण अधिकारी, एवम् क्यानबेरावाट बिनायक अधिकारी, तुल्सा पाण्डे र सुलभ दंगालले गजल वाचन गरेका थिए ।

प्रतिक्रिया