शनिबार, जेठ ५, २०८१

जिन्दगी

किशोर विश्वकर्मा २०७८ माघ २२ गते ९:२८

जिन्दगी सँगै छ
बाटो पनि सँगै छ
जानु छ धेरै टाढा
यात्रा पनि सँगै छ ।

जिन्दगी कतै हराएजस्तो
जिन्दगी कतै बिराएजस्तो
एक्लै हिंड्नु छ धेरै टाढा
सुस्केरा पनि सँगै छ ।

रात सँगै छ
निन्द्रा पनि सँगै छ
सपना छ धेरै टाढा
थकाइ पनि संगै छ ।

प्रतिक्रिया