श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधान मानेनन् : ईश्वर पोखरेल

नेपालखोज २०७८ माघ २२ गते १६:५३

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संविधान उल्लंघन गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आज प्रेस चौतारी स्थापना दिवस कार्यक्रममा पोखरेलले निर्वाचन समयमा नगराए जनपरिचालन गर्ने चेतावनी दिए ।

उनले श्रीमानले बनाएको सरकारले कानुन उल्लंघन गर्न लागेको बताए । उनले भने, ‘श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछन् । यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जन परिचालन हुन्छ ।’

उनले अहिलेको गठबन्धन विचार नमिल्नेको समूह भएको आरोप लगाए । उनले गठबन्धन स्वार्थले बनेको बताए । उनले एमाले पार्टीमा स्वार्थ पूरा गर्न मात्र आउनेलाई कुनै ठाउँ नभएको स्पष्ट पारे । उनले नेतृत्वलाई सल्लाह सुझाव दिएर पार्टीलाई बलियो बनाउनु पर्ने बताए । उनले पत्रकारलाई तथ्यको आाधारमा समाचार लेख्न समेत अनुरोध गरे । उनले निचारलाई व्यवहारमा मिलाउन समेत आग्रह गरे ।

प्रतिक्रिया