कोषले अनधिकृतरुपमा संचालनमा रहेका अस्थायी टहराहरु हटाउने

नेपालखोज २०७८ माघ २२ गते १८:१९

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृतरुपमा संचालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले आज संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै फूल, प्रसादीलगायतको व्यवस्थापनकालागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरु हटाउन लागिएको स्पष्ट पारे ।

कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरुका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए ।

प्रतिक्रिया