कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार
नेपालखोज
२०७८ माघ २२ गते २२:१४

काठमाडौं । म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार हुने भएको छ ।
यही माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपि स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया