पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर मौसम सामान्यतय: सफा रहने

काठमाडाैं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने, आज राति प्रदेश १ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै भाेलि प्रदेश नं १, मधेश प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने भने देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार भने प्रदेश नं १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने तथा देशका पूर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

प्रतिक्रिया