बिहीबार, जेठ ३, २०८१

रहिनन् चर्चित गायिका लता मंगेशकर

नेपालखोज २०७८ माघ २३ गते १०:४४

मुम्बई । चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । दिग्गज कलाकार मंगेशकरलाई गत महिना कोभिड-१९ र निमोनियाँ भएको पत्ता लागेको थियो ।

उनको मृत्युको खबर ब्रीच क्यान्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत एन सन्थानमले पुष्टि गरेका छन् । अस्पतालमा केही साता बसेपछि र सामान्य निको भएपछि लताको अवस्था बिग्रँदै गएको थियो । पछि कोभिड बिरामीका रूपमा भर्ना भइन् ।

‘कोभिडको उपचार गरिएको थियो तर कोभिडपछि जटिलताका कारण उनको मृत्यु भयो,’ एन सन्थानमले बताए । लताको आज बिहान ८ बजेर १२ मिनेटमा निधन भएको हो । अस्पतालले अहिले उनको शवलाई श्रद्धाञ्जलीका लागि शिवाजी पार्क लैजाने तयारी गरिरहेको छ ।

केन्द्रीय मन्त्री नीतिन गडकरीले पनि उनको मृत्युको पुष्टि गरेका छन् । ट्विट गर्दै उनले यसलाई देशको ठूलो क्षति भनेका छन् । उनी पनि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँगै अस्पताल पुगेका थिए । मंगेशकर जनवरीको सु?मा अस्पतालमा भर्ना भएकी थिइन् । उनी सातासम्म भेन्टिलेटरमा थिइन् ।

तर त्यसपछि जनवरी २८ मा सुधारको संकेत देखिएपछि उनलाई भेन्टिलेटरबाट हटाइएको थियो । शनिबार उनको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनकी बहिनी आशा भोस्ले र अभिनेत्री श्रद्धा कपुर बिरामी गायकलाई भेट्न शनिबार राति अस्पताल पुगेका थिए ।भा रतीय सिनेमाका उत्कृष्ट गायकहरूमध्ये एक मानिने, मंगेशकरले १९४२ मा १३ वर्षको उमेरमा आफ्नो करियर सुरु गरेकी थिइन् । मंगेशकरले विभिन्न भारतीय भाषाहरूमा ३० हजारभन्दा बढी गीतहरू गाएकी छन् । उनले नेपाली भाषाका थुप्रै गीतमा पनि आफ्नो आवाजको जादु देखाएकी छन् ।

आफ्नो सात दशकभन्दा लामो करियरमा, उनले अजिब दास्तां है ये, प्यार किया तो डरना क्या र नीला अस्मान सो गयालगायतका अविस्मरणीय गीतहरू गाएकी छन् ।

प्रतिक्रिया