नेपाल इन्भेष्टमेन्टको एनआईबीएल ‘गज्जब छ मुद्दती खाता’

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबीएल गज्जव छ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंक स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘एनआईबीएल गज्जब छ मुद्दती खाता’ सञ्चालनमा ल्याएको हो ।
भविष्यमा ग्राहकलाई आउने आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्न योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ । बैंकका अनुसार निक्षेपको रकम २० वर्षमा छ गुणा हुने छ भने मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्नेछन् ।
मुद्दती खाता न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिनेछ । खातामा नि:शुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने तथा सावाँ तथा ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया