बिहीबार, जेठ २, २०८२

४० अंकले नेप्से घट्दा ५ अर्ब ८३ करोडको कारोबार

नेपालखोज २०७८ माघ २३ गते १५:५४

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ४० दशमलव ५७ अंकले घटेर २८ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ७३ अंकले घटेर पाँच सय ३१ दशमलव ९२ अंकमा पुगेको छ । दुई सय २८ कम्पनीको ७३ हजार एक सय ९२ पटकको कारोबारमा एक करोड ६ लाख ५१ हजार सात सय ५४ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव एक अंकले घटेर १८ सय १५ दशमलव ९० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ९९ दशमलव नौ अंकले घटेर ४९ सय ८६ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि एक सय ३१ दशमलव ४१ अंकले घटेर १३ हजार ८३ दशमलव ३१ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि पाँच सय ८० दशमलव ५९ अंकले घटेर १५ हजार ६ सय ६६ दशमलव १० अंकमा झरेको छ ।

यीबाहेक जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव आठ प्रतिशतले बढेर पाँच सय ७५ रुपैयाँ अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा विन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर १७ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्र्रतिकित्ता पाँच सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ५४ करोड ४९ लाख ९३ हजार दुई सय ८३ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया