राष्ट्र बैंकद्वारा पुनः १४ अर्ब १० करोडको ट्रेजरी आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने माघ २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।
उक्त ट्रेजरी मध्येमा नविकरणतर्फ सात अर्ब १० करोड र नयाँ तर्फ सात अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७८ फागुन २४ गते, २०७९ वैशाख २७ गते र २०७९ माघ २४ गते तोकिएको छ ।
यसअघि यही माघ १० गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया