शुक्रबार, जेठ ३, २०८२

भारतमा कोभिडका कारण पाँच लाख बढीको मृत्यु

नेपालखोज २०७८ माघ २३ गते १८:०२

काठमाडौं । कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ। शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो ।

सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ। यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन ।

यहाँका अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन्।

प्रतिक्रिया