मंगलबार, असार २४, २०८२

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा

नेपालखोज २०७८ माघ २३ गते २३:००

काठमाडौं । मेट लाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई “विश्वको सबैभन्दा प्रशंसनिय कम्पनी” हरुको सूचिमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बिमा कम्पनीहरु समावेश गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युुनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनी जीवन बिमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी व्यक्त गरेको छ ।

साथै उनले मेटलाइफका कर्मचारीहरु कम्पनीको उद्देश्यलाई गौरवका साथ आत्मसाथ गर्दे ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फच्र्युनद्वारा प्रदान गरिएको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता हो भनि बताएका छन् ।

प्रतिक्रिया