प्रचण्डले ओली र देउवालाई भने– एमसीसी अहिले नै पास नगरौं

नेपालखोज २०७८ माघ २३ गते १९:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी निर्वाचनपछि संसद्मा पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज बालुवाटारमा तीन शिर्ष नेताबीचको भेटवार्तामा उनले यथास्थितिमा एमसीसी पारित गर्न तयार नभएको स्पष्ट पारे ।

बैठकबारे जानकारी दिँदै भेटवार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रचण्डबाट एमसीसी चुनाव पछि लगौं भन्ने प्रस्ताव आएको जानकारी दिए । उनले एमसीसीबारे भने, ‘पुष्पकमल दाहाल प्रचण्डबाट चुनाव पछि गर्नु उचित हुन्छ भन्ने प्रस्ताव आयो ।’

प्रचण्डले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने समेत बताएको पोखरेलले बताए । एमालेले सत्ता पक्षले एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने राय राखेको उनले बताए । पोखरेलले एमाले अनिर्णय भएर नबस्ने बताए । उनले सत्तापक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सभामुखको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थिति हुन समस्या भएको उनले बताए । एमसीसीबारे छलफल भएपनि के गर्ने भन्ने ठोस निर्णय बैठकबाट निस्केको छैन् । प्रधानमन्त्री देउवा एमसीसी पास गरेर छाड्ने अडानमा छन् ।

प्रतिक्रिया