काठमाडौं उपत्यकामा जारी जोर-बिजोर प्रणाली हट्यो
नेपालखोज
२०७८ माघ २३ गते १९:४८

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाइएको छ । आज बसेको प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी सवारी साधनामा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यसअघि आजै बसेको सीसीएमसीसीको बैठकले पनि जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश जारी गर्दै भोलिदेखि जोर-बिजोर प्रणाली हटेको जानकारी गराएका छन् ।
काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा यसअघि नै जोर-बिजोर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र नीजि सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियो ।




सम्बन्धित

प्रतिक्रिया