देशभर आंशिकदेखि सामान्य बदली, प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालखोज २०७८ माघ २४ गते ६:३२

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ भने प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशका तराई भू-भागमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया