मेस्सीको टोलीले लिलीलाई पाँच गोलले हरायो

नेपालखोज २०७८ माघ २४ गते ९:१६

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिली क्लबलाई एकका विरुद्ध पाँच गोलले हराएको छ । आइतबार राति स्टेट पिएरी मौरोयमा भएको फ्रेन्च लिग वानमा घरेलु टोली लिलीमाथि पिएसजीले जित निकालेको हो ।

पीएसजीका लागि डानिलो परेराले दुई, प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एमबाप्पेले एक–एक गोल गरेका छन् । लिलीकास्भेन बोटम्यानले एक गोल फर्काए ।

अंक तालिकामा पिएसजी २३ खेलमा ५६ अंक जोडेर शीर्ष स्थानमा छ । लिली ३२ अंकका साथ ११ औं स्थानमा छ ।

प्रतिक्रिया