मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह चुनावको मिति तोक्न सक्ने

नेपालखोज २०७८ माघ २४ गते ११:४८

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनावको मिति तय गर्न सक्ने बताइएको छ ।

निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ । यो सरकारको नियमित बैठक हो । यसअघि बिहिबार बस्नुपर्ने बैठक भने बसेको थिएन । हप्तामा दुई पटक मन्त्रिपरिषद् बैठक बस्दै आएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । हिजो भएको बैठकमा एमसीसी, स्थानीय तहको चुनाव र संसद् खुलाउने विषयमा छलफल भयो ।

देउवाले नेकपा एमालेको साथ खोजिरहेको अवस्था छ । नेकपा एमालेले स्थानीय तहको चुनाव जेठ ४ गते अघि नै गर्नुपर्ने अडान लिँदै आएको छ । देउवा एमालेले भनेको समयमा नै चुनाव गराएर एमसीसी संसद्बाट पास गर्न चाहान्छन् ।

प्रतिक्रिया