बास्कोटाले भने- प्रचण्डले ढुलमुले चरित्र प्रदर्शन गरे

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले आज सामाजिक सन्जालमार्फत एमसीसीको सन्दर्भमा प्रचण्डले ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाए ।
एमसीसीका विषयमा विभिन्न दलका नेताबाट विभिन्न प्रतिक्रिया आएको छ । यसैबीच एमाले पर्ख र हेरको रणनीतिमा छ भने नेपाली कांग्रेस पास गरेर छाड्ने अडानमा छ । एकीकृत समाजवादी र माओवादी केन्द्र संशोधनसहित पास गर्नुपर्ने अडानमा छन् । यसैबीच पार्टीका नेताहरुको धारणा आइरहेको छ ।
एमालेका नेता बाँस्कोटाले ओलीले परराष्ट्र सम्बन्ध ध्वस्त पारेको भए विदेश सम्बन्ध सुमधुर बनाउन चुनौती दिएका छन् । उनले भने, ‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला । परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरूले ज्ञान फिट्न परो । ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी अमेरिकालाई पत्र लेखेपछि राजनीति तरङ्गित बनेको छ । यही बीचमा प्रचण्डको सचिवालयले पत्रचारबारे स्पष्टीकरण समेत दिइसकेको छ । उसले सरकारलाई मजबुत बनाउन र गठबन्धन कायम राख्न पत्र लेखेको बताइसकेको हो ।

प्रतिक्रिया