चारवटा प्रदेशमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही पहाडी भू-भागहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ भने, प्रदेश नं १ का एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया: सफा रहनेछ भने, देशका पूर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया