बिहीबार, वैशाख २०, २०८१

विश्व कप छनोट खेल्न ओमन जाँदै नेपाली टोली

नेपालखोज २०७८ माघ २५ गते ९:३६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्ने भएको छ । ।आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोट खेल खेल्न नेपाली टोली त्यसतर्फ जान लागेको हो । टोली आज राति ८ बजे ओमान प्रस्थान गर्ने छ ।

१८ फेब्रुअरीदेखि सुरु हुने आइसिसी पुरुष टी–२० ग्लोबल छनोट ‘ए’ मा नेपाल,आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी टोली छन् ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपालले १८ फेब्रुरअरीमा ओमानसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल फिलिपिन्ससँग १९ फेब्रुअरी र तेस्रो तथा अन्तिम खेल क्यानडा र ओमानसँग २१ फेब्रुअरीमा हुने जनाइएको छ ।

प्रतिक्रिया