शुक्रबार, असार १३, २०८२

चौबीस घण्टामा ५ हजार १०३ जना निको, थप १ हजार ९५७ जनामा कोरोना

नेपालखोज २०७८ माघ २५ गते १७:१५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ५ हजार १०३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा नेपालमा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ र ४ हजार १०५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७७३ जना गरी कुल १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८३८ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट जम्मा २ लाख ७३ हजार ३४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया