प्रतिनिधिसभा बैठक सर्‍यो

नेपालखोज २०७८ माघ २५ गते २२:१६

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

प्रतिक्रिया