चुनावी मोर्चा र एमसीसीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
आसन्न स्थानीय तह निर्वाचन, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा बैठकमा छलफल हुने छ । एमसीसीमा देश विभाजित भएको अवस्थामा बैठक बस्न लागेको हो । बैठकले एमसीसीबारे ठोस निर्णय बनाउने बुझिएको छ । एमसीसीलाई लिएर गठबन्धन दल विभाजित भएको समयमा कांग्रेसको रणनीति हेर्न बाँकी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभन्दा एमसीसीलाई महत्व दिँदै आएका छन् । नेपाली कांग्रेस एमसीसीलाई जसरी पनि पास गर्न चाहान्छ । गठबन्धनको विषयमा पनि छलफल हुनेछ । आगामी चुनावी मोर्चाबारे पनि छलफल हुने बताइएको छ ।
पार्टीभित्र गठबन्धनमा जान नहुने मत बलियो हुँदै गएको अवस्था छ । देउवा र रामचन्द्र पौडेल भने गबठन्धनलाई कायम राख्न चाहान्छन् ।
पदाधिकारीमा देउवाले डा. प्रकाश शरण महतलाई चयन गरिसकेका छन् ।

प्रतिक्रिया