बिहीबार, जेठ ३, २०८१

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर

नेपालखोज २०७८ माघ २६ गते १४:१९

काठमाडौं । नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जीएसएम सेवाको नयाँ बीटीएस टावर सञ्चालनमा ल्याएको छ । फोरजी तथा टूजी दुबै सेवासहित सञ्चालन गरिएको टावरले हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेशले जनाएको छ ।

गल्याङ नगरपालिका वडा नं. ११ मा सञ्चालित टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका उपोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेशले जनाएको छ । पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरु पनि लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख राम राज उपाध्यायले बताए ।

टेलिकमले सेवा मंगलबारदेखि सुचारु गरेको हो ।

प्रतिक्रिया