‘सादगी जीवनशैली, नैतिकता र राष्ट्रप्रतिको जवाफदेहिता सबैका लागि अनुकरणीय’

पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति मेरा मित्र सद्धेय नेता सुशील कोइरालाजीको सातौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । तपाईंले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैं प्रेरणादायी हुनेछ ।
शेरबहादुर देउवा, प्रधानमन्त्री तथा सभापति नेपाली कांग्रेस
पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति श्रद्धेय नेता सुशील कोइरालाजीको सातौं स्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । संविधान निर्माणमा उहाँले खेल्नुभएको नेतृत्वदायी भूमिका नेपालको लोकतान्त्रिक इतिहासमा सदा स्मरणीय रहनेछ ।
डा. प्रकाशशरण महत
सातौँ स्मृति दिवसमा अनुकरणीय नेता, श्रद्धेय सुशीलदाप्रति हार्दिक श्रद्धा-सुमन ।
डा. मीनेन्द्र रिजाल
नेपालको संविधान २०७२ का निर्माता, लोकतान्त्रिक आन्दोलनका धरोहर, सादगी,समर्पण,निष्ठा र त्यागका प्रतिमूर्ति,नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री आदरणीय नेता सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु !
गुरुराज घिमिरे
पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति, संविधानका पिता, निष्ठा र त्यागका प्रतिमूर्ति आदरणीय सुशील दाको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । आजको राजनीतिमा स्व. सुशील दाको सादगी जीवनशैली, नैतिकता र राष्ट्रप्रतिको जावफदेहिता हामी सबैका लागि अनुकरणीय छ । संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र जनताको सेवा गर्नु नै साँचो अर्थमा सुशील दा प्रतिको सच्चा श्रद्धाञ्जलि रहनेछ ।
डा. शशांक कोइराला
पूर्वप्रधानमन्त्री, पूर्वसभापति एवं संविधानका पिता आदरणीय सुशील दाको सातौं स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जलि ।
डिला संग्रौला पन्त
पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वसभापति आदरणीय सुशील कोइरालाज्यूको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।
उदयशमशेर राणा
२०७३ सालको माघ २५ गतेको अन्धकारले तपाईंलाई निल्यो, न ४ पाइलामा पुगिने अस्पताल पुग्न पाउनु भो, न शुभेच्छुकहरुलाई अलबिदा भन्न पाउनु भो । सदा हृदयमा रहनु हुनेछ ।
लक्ष्मी खतिवडा
तपाईं अझै केही वर्ष अडिएको भए…, भन्नुपर्ने कुरा धेरै थिए । हार्दिक श्रद्धाञ्जली सुशील दा !!
गुमनाम परदेशी
शक्ति, साधन र स्रोत आधारमा भन्दा संस्थागत विकास गरी राजनीति गर्ने निष्ठावान् व्यक्ति सुशील दाको सम्झना ।
दिव्यमणि राजभण्डारी
नेपाली कांग्रेस पूर्व सभापति एब्म पूर्व प्रधानमन्त्री सुशील कोइरालाज्युको ७ औ पुण्य तिथीमा उहाँ प्रती उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
बालकृष्ण खाँड
पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्व सभापति, संविधानका पिता, निष्ठा र त्यागका प्रतिमूर्ति आदरणीय सुशील दाको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । आजको राजनीतिमा स्व.सुशील दाको सादगी जीवनशैली, नैतिकता र राष्ट्रप्रतिको जावफदेहीता हामी सबैका लागि अनुकरणीय छ । संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र जनताको सेवा गर्नु नै साँचो अर्थमा सुशील दा प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।
इन्द्र रिजाल
पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका पुर्ब सभापति आदरणीय सुशील कोईराला ज्युको सातौँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।
प्रकाशमान सिंह

प्रतिक्रिया