बुधबार, वैशाख १२, २०८१

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

नेपालखोज २०७८ माघ २६ गते १७:२१

हाइलाइट्स :
-मेरो बुबा मःमको एकदम सोखिन हुनुहुन्थो । मम्मीले मःम एकदमै मीठो बनाउनुहुन्थो । मेरो साथीहरु पनि मेरो घरमा आउने र उनीहरुलाई पनि हामी मःम दिन्थौं । उनीहरुले पनि निकै मीठो मानेर खान्थे निकै तारिफ गर्थे अनि हामी बस्ने कोलोनीमा पनि बिस्तारै हल्ला हुन थाल्यो त्यसपछि सबैजनाले किनेर खान थाले । मलाई लाग्यो सबै जनाले मीठो मानेर खान लागेपछि ओहो मःम व्यवसाय सुरु गर्यो भने राम्रो नै हुँदो रैछ भन्ने सोचेर सुरु गरें ।

-नेपालको मःम र हाम्रो दार्जिलिङको स्वाद मःम मा धेरै फरक छ । त्यो नै हाम्रो विशेषता हो । पहिलो फरक भनेको हामीले मरमसला केही पनि मिसाउँदैनौँ । मरमसलाबिना र बोसोरहित हुन्छ हाम्रो मःम । हाम्रो मःम मसलाबिना भएकाले स्वास्थका लागि पनि राम्रो हुने हुँदा धेरैले मन पराउनुहुन्छ ।

-लकडाउनका बेलामा मलाई सबैभन्दा राम्रो भयो किनभने हामीले होमडेलिभरी पनि चलाएका थियौँ । मानिसहरु घरबाट बाहिर निस्कन पाउँदैनथे बाहिरको खानेकुराहरु खान मिल्दैन थियो । हामीलाई अनलाइन अर्डर आउने गर्थ्यो अनि हामी घरघरमा पुर्याउने काम गर्थ्यौं ।

-अहिले हाम्रो मःम रेस्टुरेन्ट, पार्टी प्यालेसहरुजस्ता थुप्रै ठाउँमा पठाउँछौं ।

-दार्जिलिङको स्वाद मःम अहिले भैंसेपाटी, पेप्सीकोला, मैतीदेवी स्वयम्भूलगायत थुप्रै ठाउँमा पाइन्छ ।
-महिला होस् या पुरुष दुवै आ-आफ्नो खुट्टामा उभिनु नै आजको आवश्यकता हो ।
-व्यवसाय सुरु गर्नु गाह्रो कुरा होइन व्यवसायलाई निरन्तरता दिनु नै प्रमुख कुरा हो । यदि निरन्तरता दियौँ भने हरेक क्षेत्रमा हरेक मानिसहरु सफल हुन्छन् ।
-अहिले मबाट फ्रेन्चाइज लिएर काम गर्नेहरु २५ जनाभन्दा माथि हुनुहुन्छ । सबै केटा मान्छेहरु हुनुहुन्छ तर म केटी मान्छे त्यो पनि भर्खरको छु अनि उनीहरुसँग मैले डिल गर्दा यो मान्छेले काम गर्न सक्छ त भनेर मलाई विश्वास नै गर्नु हुँदैन ।

-यदि तपाईंहरुले व्यवसाय गरेर फाइनान्सली फ्रिडम चाहनुहुन्छ भने त्यसको मिहिनेत भने गर्नै पर्ने हुन्छ । मिहिनेतबिना केही हुँदैन ।

-व्यवसाय सुरु गर्न चाहने सबैलाई म के भन्छु भने सबैभन्दा पहिला आफ्नो सोचाइ परिर्वतन गर्नुहोस् । म व्यवसाय गर्न सक्छु र मैले सफल हुन व्यवसाय गर्ने हो भन्ने सोचाइ राख्नुहोस् ।

प्रतिक्रिया