शुक्रबार, वैशाख १४, २०८१

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

नेपालखोज २०७८ वैशाख ३१ गते ८:१६

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) बाँडफाँड आज (शुक्रबार) हुने भएको छ। सीईडीबीको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आज बिहान ११ बजे गर्नेछ।

सीईडीबीको आईपीओ गत वैशाख १७ देखि २१ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख २८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

आईपीओमा कुल दुई करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा १०.५२ गुणा बढी हो । कुल परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ आवेदकबाट परेको २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता प्रमाणीकरण भएको छ । तीमध्ये चार हजार ४४२ आवेदकबाट माग भएको ६१ हजार ३७२ कित्ता अयोग्य भएको क्यापिटलले जनाएको छ।

त्यस्तै ४८ हजार ३२२ आवेदकबाट परेको १६ लाख ३७ हजार ६५९ प्रमाणीकरण हुन नसकेको क्यापिटलले जनाएको छ। जसमध्ये २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकीको हात खाली हुनेछ ।

प्रतिक्रिया