बिहीबार, जेठ २, २०८२

एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म

नेपालखोज २०७८ माघ २६ गते १८:१७

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार यस वर्षको परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन हुने बताए । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुँदै आएकाे थियो ।

कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

वैशाख ३० गते स्थानीय तह निर्वाचको मिति तय भएपछि आयोग चुनाव अगावै परीक्षा गर्ने रणनीतिमा थियो ।

प्रतिक्रिया