कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपालखोज
२०७८ माघ २७ गते ७:४१

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएकाे छ ।
बैठकमा स्थानीय तहको चुनाव केन्द्रित छलफल गर्ने र केही निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । आज बस्ने बैठकका लागि नेपाली कांग्रेसका पदाधिकारीबीच हिजाे पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको थियाे ।
बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया