बिहीबार, जेठ ३, २०८१

रौसीको विज्ञापन नखेल दाजै अब !

नेपालखोज २०७८ माघ २७ गते १२:४७

गायक प्रकाश सपूत लेख्छन्- दिमागलाई एक्लै पनि नछोड्नुस् ! दिमाग़ अल्ली सैतानी हुन्छ, स्वार्थी हुन्छ । अरुको हानी गर्न सक्छ । मनलाई पनि एक्लै नछोड्नुस् मन अल्ली भावुक हुन्छ, कमजोर हुन्छ । आफ्नै हानि गर्न सक्छ । त्यसैले दिमाग धेरै लगाउनुपर्ने ठाउँमा अलिकति मन पनि मिसाउनुस् । मन धेरै लगाउनुपर्ने ठाउँमा अलिकति दिमाग पनि लगाउनुस् । अनि जीवन सन्तुलित हुन्छ । अरुको हानि नगरीकन आफ्नो फाइदा निकाल्न पाइन्छ । अरुको नबिगारी आफ्नो सपार्न पाइन्छ । म त त्यसै गर्छु । नमस्कार । शुभदिन !
सपुतको तस्बिरसहितको यो स्टाटसमा आएको प्रतिक्रिया :

दिमाग मेरो धेरै खत्रा बाघको जस्तो हेराइ !!
सबैलाई माया गर्छु हिमाल पहाड तराई!!
आयो तेरो सर!!नमस्कार गर ।
नेपाली हो नि ।

कती राम्रो हो लेखाई , कोइलीको जस्तो स्वर , गीत पनी दिमाग लाएर लेख्ने – गाउने । भगवान ले त हजुर लाई फुर्सद मा बनाउनु भएछ ।
दुर्गा क्षेत्री नेपाल

यही हो असल मान्छेको चरित्र ।
सुनार दुजमान

सर, मायामा दिमाग लगाइएको छ र पो सबै तिर भ्याई यको छ कुरो नत्र गारो हुन्छ हो सर हानी गर्छ ।
समु श्री

तपाईं उड्न सक्नु हुन्न भने दौडिनुस !
दौडिन सक्नु हुन्न भने हिड्नुस!
हिड्न सक्नु हु्ज भने घिस्रनु होस् !
जिवनमा सधै अगाडि बढ्ने काम गर्नुस !
तर अरुलाइ बिगारेर होइन !!
प्रकाश सपुत फ्यान

भाइ सब ठिक छ तिम्ले गरेको रौसिको विज्ञापन मलाई कत्ति मन परेन है, रिस गरेको हुँदै होइन ।
मोहन बानियाँ

यहाँ अरुको बिगार्ने सैतान बहुत छन । दलाली र चम्चागिरि गर्ने अनुहारै चम्चा जस्तो भएका बर्ग दुश्मन हरेक क्षेत्रमा रैछन ।
बाबू सर

सबैसंग यस्तै भोगाई अनि दिमाग हुन्छ त??? पुरै देश वा जनताले पाउने उत्तम सुखको सुत्र के यहि हो त भाइ ?? देश दुनियाले पाउने फाईदा वा बेफाइदा,सुख वा दुख त्यो देशको राजनीतिक अवश्थाले निर्धारण गर्छ ,कुनै अमुक ब्यक्तिको ब्यक्तिगत भोगाई वा अनुभवले होइन ।
गणेश कार्की

चियपत्तीमा थोरै चिनी मिसाउँदा मीठो चिया । । दिमागमा थोरै मन मिसाउदा मीठो सफलता वा,,, आइडिया ।
जितबहादुर राना

तपाइले रक्सिको बिज्ञापन गरेर मलाइ हानि भएको छ है प्रकाश जि ,रक्सि नपिउने मुन्छे प्रकाश सपुत ले नै बिज्ञापन गरेसि ट्राइ मार्दिनु पर्यो भन्नेमा पुगेछु । बल्ल तल्ल होस आए सि मन को कुरा पोख्न तपाइ को नै पेज मा आइपुगे ।
सुनील

केही पृथक सिर्जनाको व्यग्र प्रतिक्षामा तपाइको प्रसंसक तथा शुभचिन्तक ।
अर्जुन मगर

आफ्नै टिमका साथीलाई सटायर !
सन्तोष भण्डारी

राम्रो विचारले नै राम्रो प्रगतिमा हुनुहुन्छ भाई ।
वसन्त राना

अनि सारङ्गीको चुस्की कति हानियो नी ?
राम बुढाथोकी

तेहि भएर रहेछ भाको नभको आरोप लगाएर अन्जलि अधिकारीलाइ मिडियामा बोल्न बाध्य बनाको!!!खोक्रो दिमाग र मनको कुराको जिम्मा म पोक्त मान्छे ।
म‍ोहनजी

रक्सीमा पानी मिसाको जस्तो कहाँ सजिलो छ र !!! कहाँ दिमाग लगाउने कहाँ मन लगाउने नै समस्या छ !
राजकुमार लामा

यो भाइलाइ पनि अब बोसो लाग्न थालेको छ ।
पाण्डे शान

तिमी पर्ख र मज्जाले हेर पनि ,,,, तर तिम्रो पर्खाइ र हेराइ समय सग मेल खान पर्छ ,,, यहाँ तिमिले चाहेर मात्र केही हुदैन किनकि तिमी समयले चलायको प्रहसनको पात्र मात्र हौ ।
भोजराज न्यौपाने

समय समयमा समाजिक कुरिती , बिसङती , सामाजिक समस्या , सामाजिक घटना तथा गल्त सिस्ट्म्को बारेमा सबैलाई जन चेतना मुलक गित सङ्गित प्रस्तुत गर्ने, समाजलाई र यहाका मानिस लाई परिबत्न गर्न खोज्ने एक सर्‍टाले एक राम्रो शब्द सङकल्न गर्न सक्ने ब्याक्ती ले केही पैसा को लागि यसरी समाज लाई नै असर पर्ने खालको कुराहरुको बिक्री बितरण को बिज्ञापन गर्नु उचित लागेन … स्रोताले नै धेरै चिज दिएका छ्न त्यो बचाई राख्नु भो भने इज्जत सङै धन्सम्पती आउँछ … यस्ता कुरामा देशका कलाकारको धन्या जावास … प्रकाश सपुत जि … ।
अर्जुन साप

यसपालि चैँ रौसिवाला फुटा छैनन् काका ?
आशीष बोम्जन तामाङ

के हो के अनमोल केसि को भन्दा नि हाम्रो दाजुको लाइक धेरै आउँछ त ।
रमेश पुन मगर

रौसीको बिज्ञापन नखेल दाजै अब ।
केपी शर्मा

प्रतिक्रिया