ट्रक चालकले गरेको आन्दोलनप्रति क्यानाडाका प्रधानमन्त्री आक्रोशित
ट्रक चालकलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्डोले ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । उनले आन्दोलालाई असान्दर्भिक भन्दै अस्वीकार गरेका छन् । क्यानाडा प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ ।
ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ । यसअघि नै क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिसकिएको छ । लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्किँदै गएको हो ।
ओटावास्थित संसद्मा बुधवार बोलेका ट्र्डोले कोभिड नियमहरूको बचाउ गरेका छन् । प्रधानमन्त्री ट्र्डो भन्छन् ‘अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन् । यसलाई अन्त्य गर्न हामीले सबथोक गर्नुपर्छ।’
उनले प्रदर्शनकारीहरूले देशको ‘अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको’ बताए ।कोभिड लागेका कारण एक साता एकान्तमा बसेर उनी सोमबारबाट संसद् फर्किएका हुन् । सोमवारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्याएका छन् ।
अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएपछि ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले प्रदर्शन अन्त्यको आह्वान गरेकी छन् । उनले क्यानाडाको अमेरिकासँगको सबैभन्दा व्यस्त हुने बाटोमा रहेको एउटा पुल ‘एम्बेसडर ब्रीज’ बारे बोलेकी थिइन् । अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएको छ
अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएको छ । उनले भनिन्, ‘त्यसले द्विपक्षीय व्यापारको २५ प्रतिशत ओघट्छ । त्यहाँको अवरोधले खासगरी अटोमोबाइल क्षेत्रसहितको आपूर्ति चक्रमा असर पुर्याएको छ ।’ क्यानडामा राज्यहरूले कोभिड प्रतिबन्धलाई खुकुलो पार्न थाले पनि ट्रुडो संघीय नियमका विषयमा दृढ छन् ।
प्रतिक्रिया